अन्तर्राष्ट्रिय |

रुसमा १८ हजार ३४१ सङ्क्रमित थपिए

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २५ गते । रुसमा गएको चौबीस घण्टामा १८ हजार ३४१ नयाँ सङ्क्रमित थपिएका छन् । रुसको संघीय प्रतिकार्य केन्द्रका अनुसार थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या ७१ लाख दुई हजार ६२५ पुगेको छ ।
थपिएका सङ्क्रमितसँगै मस्कोमा सबैभन्दा बढी एक हजार ५६६ जना छन् । रुसी राजधानीपछि सेन्ट पिटर्सवर्गमा एक हजार ५०४ नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । प्रतिकार्य केन्द्रका अनुसार गएको चौबीस घण्टामा ७८९ जना सङ्क्रमितको ज्यान गएको छ । हालसम्म रुसमा कोरोना सङ्क्रमणबाट एक लाख ९१ हजार १६५ जनाले ज्यान गुमाएका छन् ।
गएको चौबीस घण्टामा १७ हजार १२१ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म ६३ लाख ५७ हजार २७२ जना कोरोनामुक्त भएका हुन ।