अन्तर्राष्ट्रिय |

पाकिस्तानमा एकैदिन ८२ सङ्क्रमितको मृत्यु

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २६ गते । पाकिस्तानमा गएको चौबीस घण्टाभित्र ८२ जना सङ्क्रमितको मृत्यु भएको छ । पाकिस्तानको ‘नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर’का अनुसार गएको चौबीस घण्टामा ८२ जना सङ्क्रमितको मृत्यु भएको छ ।
एनसीओसीले शुक्रबार ६३ हजार १८१ नमुना परीक्षण गरिएको जनाएको छ । जसमध्ये तीन हजार ४८० जनामा सङ्क्रमणको पुष्टि भएको हो । एनओसीसीले हाल पाकिस्तानमा पाँच हजार ३६२ सङ्क्रमित सघन उपचार कक्षमा उपचार गराइरहेको जनाएको छ । गएको चौबीस घण्टामा तीन हजार १२१ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दश लाख ८२ हजार ९८८ जना कोरोनामुक्त भएका छन् ।