अन्तर्राष्ट्रिय |

मोरक्कोमा नयाँ प्रधानमन्त्री नियुक्त

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २६ गते । मोरक्कोका राजा मोहम्मदे छैठौंले अजिज अखानौचलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । अखानौच मोरक्कोको ‘नेशनल र्याली अफ मोरक्कन इन्डेपेन्डेन्ट्स’(आरएनआइ) दलको प्रतिनिधित्व गर्नुहुन्छ ।
मोरक्को सरकारी सञ्चारमाध्यमले राजाले प्रधानमन्त्री नियुक्त गरेपछि उहाँलाई मन्त्रीपरिषद् विस्तार गर्न निर्देशन दिनुभएको छ । मोरक्कोमा गत् बुधबार संसदीय चुनाब भएको थियो । अखानौच नेतृत्वको दलले ३९५ क्षेत्रका लागि भएको निर्वाचनमा १०२ क्षेत्र जितेको छ । लामो समयसम्म सत्ता सञ्चालन गरेको ‘जस्टिस एन्ड डेभेलेपमेन्ट पार्टी’ भने १३ सिटमा खुम्चिएको छ । अर्बपति अखानौचले भने निर्वाचनको परिणामलाई लोकतन्त्रको जितको रुपमा अर्थ्याउनुभएको छ ।