पृथकतावादीको आक्रमणमा दुई यूक्रेनी सिपाहीको मृत्यु
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । यूक्रेनको सेनाले पृथकतावादी समूहको आक्रमणमा दुई जना सिपाटीको मृत्यु भएको जनाएको छ । आक्रमणमा अन्य दश जना सिपाही घाइते भएका छन् ।
यूक्रेनी सेनाले आइतबार एक वक्तब्य जारी गरी रुस समर्थित पृथकतावादी समूहले ग्रीनेड, ड्रोन लगायतका उपकरणबाट गरेको आक्रमणमा उक्त क्षति भएको दाबी गरेको छ । घटना यूक्रेनको पूर्बी डोनेस्क क्षेत्रमा भएको अलजजिराले उल्लेख गरेको छ ।
यूक्रेनी सेनाले वक्तब्यमा भनेको छ, “संयुक्त बलका दुई जना सिपाहीको आक्रमणमा मृत्यु भएको छ, स्थानीयलाई कुनै क्षति भएको छैन् ।” सन् २०१४ मा रुस क्रिमियन प्रायद्वीपमा संलग्न भएपछि यूक्रेनको डोनेस्क र लुगान्स्क क्षेत्रमा पृथकतावादी समूहको गतिविधि बढेको छ ।
किभले यस वर्षको सेप्टेम्बर महिनासम्म पृथकतावादी समूहको आक्रमणमा कम्तिमा ५२ यूक्रेनी सिपाहीको मृत्यु भएको जनाएको छ ।