अन्तर्राष्ट्रिय |

इराकको इर्बिल अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । इराकको इर्बिल विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण गरिएको छ । कुर्दिस सुरक्षा अधिकारीले विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण गरिएको पुष्टि गरेका छन् ।
इराकको स्वायत्त क्षेत्र कुर्दिसको आन्तरिक सुरक्षा सेवाको पहिलो वक्तब्यले कुर्दिसको राजधानी इर्बिलस्थित विमानस्थललाई लक्षित गरी तीन वटा रकेट प्रहार गरिएको जनाएको छ । दोस्रो वक्तब्यले विष्फोटजन्य पदार्थ बोकेको ड्रोनले आक्रमण गरिएको उल्लेख गरेको छ । आक्रमणबाट कुनै क्षति नभएको बताइएको छ ।
स्थानीय प्रत्यक्षदर्शीले कम्तिमा छ वटा विष्फोटको आवाज सुनिएको बताएका छन् । अलजजिराका अनुसार विष्फोटक पदार्थ बोकेको ड्रोन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पड्किएको हो ।