अन्तर्राष्ट्रिय |

भारतमा २७ हजार सङ्क्रमित थपिए

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २८ गते । भारतमा गएको चौबीस घण्टामा २७ हजार सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड ३२ लाख ६४ हजार १७५ पुगेको छ । गएको चौबीस घण्टामा १२ लाख आठ हजार २४७ नमूना परीक्षण गरिएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये २० हजार २४० जना केरला राज्यका छन् । भारतमा हाल तीन लाख ७४ हजार २६९ जना सक्रिय सङ्क्रमित छन् । गएको चौबीस घण्टामा ३७ हजार ६८७ जना सङ्क्रमित निको भएका छन् । हालसम्म तीन करोड २४ लाख ४७ हजार ३२ जना कोरोनामुक्त भएका छन् ।
गएको चौबीस घण्टामा २१९ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या चार लाख ४२ हजार ८७४ जना पुगेको छ ।