उत्तरी इरानमा भूकम्प गयो
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २८ गते । उत्तरी इरानमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । तुर्कमेनिस्तानसँग सीमा जोडिएको क्षेत्रमा भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी ‘जियोलोजिक सर्भे’(यूएसजीएस)का अनुसार बिहान करिब चार बजे इरानको कूचान शहरभन्दा ३८ किलोमिटर पर भूकम्पको केन्द्र मापन गरिएको छ । भूकम्पबाट भएको क्षतिबारे अझै विस्तृत विवरण आइसकेको छैन ।