जापानमा ६.२ म्याग्निच्युडको भूकम्प
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २९ गते । जापानमा ६.२ म्याग्निच्युडको भूकम्प गएको छ । मङ्गलबार बिहान जापानको इबाराकी प्रान्तमा भूकम्प गएको जापानको मौसम विभागले जनाएको छ ।
विभागका अनुसार बिहान करिब पौने आठ बजे भूकम्प गएको बताइएको छ । तीन पटक भूकम्पको पराकम्पन्न गएको जनाइएको छ । समाचार संस्था एएनआईका अनुसार भूकम्प गए पनि सुनामीको चेतावनी जारी गरिएको छैन ।