चीनमा ४९ जना स्थानीयमा सङ्क्रमणको पुष्टि
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३१ गते । चीनको मुख्यभूमिमा कोरोनाभाइरसका ४९ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । ४८ जना फुजियान र एक युन्नानका छन् । सबै ४९ जना समुदाय स्तरमा स्थानीयबाट सरेको बताइएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार सार्वजनिक गरेको विवरण बमोजिम ३१ जना विदेशबाट आएकामा सङ्क्रमणको पुष्टि भएको छ । जसमध्ये २२ जना युन्नान, तीन जना ग्वानडोङ र दुई दुई जना साङ्घाइ र सिचुआन प्रान्तका छन् । एक एक जना जेजियाङ र शान्डङका छन् ।
बुधबार कोरोना सङ्क्रमणबाट मृत्युको घटना भने दर्ता गरिएको छैन ।