अन्तर्राष्ट्रिय |

अफगानिस्तानमा ५५ लाख आन्तरिक विस्थापित

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३१ गते । द्वन्द्वका कारण ५५ लाख अफगान आन्तरिक रुपमा विस्थापित भएका छन् । अन्तर्राष्ट्रिय प्रवास सङगठन(आईओएम)का अनुसार गएको आठ महिनामा मात्रै अफगानिस्तानमा पाँच लाख ५९२ जना विस्थापित भएका छन्।
आईओएमले कुनै कागजात नभएका आठ लाख ५० हजार ८०५ जना अफगान इरान र पाकिस्तानबाट अफगानिस्तान फर्केको जनाएको छ । गरिबीको चपेटामा परेका अफगानिस्तानका सर्वसाधारण अवसरको खोजीमा पलायन हुँदै आएका छन् ।
यसैबीच तालिबान नेतृत्वको सरकारले प्रवास रोक्न प्रयास सुरु गरेको जनाएको छ । अफगानिस्तान अब सुरक्षित रहेको र उनीहरुलाई देशभित्रै बस्न आग्रह गरेको तालिबानले जनाएको छ ।