अन्तर्राष्ट्रिय |

प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति कोविन्दलाई जन्मोत्सवको शुभकामना व्यक्त

नयाँदिल्ली, असोज १५ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामनाथ कोविन्दको ७६ औं जन्मोत्सवको उपलक्ष्यमा उहाँको सुस्वास्थ्य र दीर्घ जीवनको निम्ति शुभकामना व्यक्त गर्नुभएको छ ।

शुक्रबार राष्ट्रपति भवन पुग्नुभएका प्रधानमन्त्री मोदीले शुभकामना व्यक्त गर्दै राष्ट्रपति कोविन्द गरीब र सीमान्तकृत वर्गको उत्थान र तिनीहरूको सामाजिक मूल प्रवाहीकरणकोका निम्ति उदारहणीय नेता रहनुभएको बताउँनुभएको छ। प्रधानमन्त्री मोदीले ट्वीटमा लेख्नुभएको छ, ‘राष्ट्रपति कोविन्दको शालीन र भद्र व्यक्तित्वका कारण उहाँ सिङ्गो देशको निम्ति समर्पित हुनहुन्छ।

राष्ट्रपति कोविन्दले २५ जुलाई २०१७ मा भारतको १४ औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण लिनु भएको थियो।