भारतमा कोरोना भाइरसविरुद्ध एकसय करोड खोप लगाइयाे
काठमाडौं, कात्तिक ४ गते । भारतमा कोरोना भाइरसविरुद्धमा एकसय करोडभन्दा बढी मात्रामा खोप लगाइएको बताइएको छ ।
करिब १३० करोड जनसङ्ख्या रहेको भारतमा सो सङ्ख्यामा खोप लगाउन सकेको बताइएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार करिब १३० करोड जनसङ्ख्या भएको भारतीय नागरिकको सामूहिक एक्यबद्धताले मात्र सो खोप लगाउन सम्भव भएको बताउनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले सो सङ्ख्या नाघेपछि अस्पतालमा भ्रमण गर्नुभएको छ ।यस्तै, स्वास्थ्यमन्त्री मान्सुख मान्डियाले ‘बधाई हो भारत’ भन्दै एक टिव्ट गर्नुभएको छ । –एजेन्सीकाे सहयाेगमा