अन्तर्राष्ट्रिय |

नाइजेरियाको प्रहरी कारबाहीमा ७१ तस्करको मृत्यु

लागोस, कात्तिक १२ गते । नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको दुई हप्तायता यहाँका डाँकू तथा तस्करका विरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको बताइएको छ । यहाँको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो । प्राप्त समाचारअनुसार सो कारबाहीका क्रममा अरु कैयौँ डाँकूलाई नियन्त्रणमा लिएर थुनामा राखिएको छ ।

अक्टोबर १४ देखि प्रायः तस्कर र डाँकूहरुले दुःख दिने गरेको नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा सो कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यस क्षेत्रमा यहाँको प्रहरीले अक्टोबर १४ तारिखदेखि यस्तो कारबाही गरेको हो । पत्रकार सम्मेलनका क्रममा यहाँको सेना तथा प्रहरीको संयुक्त फोर्सका तर्फबाट कुनै स्थानमा सेना तथा प्रहरीसमेतको कारबाहीका क्रममा ती डाँकूहरु मारिएका हुन् ।