अन्तर्राष्ट्रिय |

अष्ट्रेलियामा कोभिड-१९ का कारण सृजित प्रतिबन्ध सहज बन्दै

क्यानबेरा, कात्तिक १२ गते । अष्ट्रेलियाको क्यानबेरामा कोरोनाभाइरस नियन्त्रणका निम्ति लगाइएको प्रतिबन्ध क्रमशः सहज बनाइँदैछ । अष्ट्रेलियाको राजधानी क्षेत्र (ACT)का बासिन्दाहरूले शुक्रबारदेखि घर बाहिर जाँदा मास्क लगाउन अनिवार्य हुनेछैन ।

अगस्टको शुरुदेखि पहिलो पटक क्यानबेराका कला र मनोरञ्जन स्थलहरू लगायत सिनेमाघर र नाट्यशालाहरूमा सिट क्षमताको ७५ प्रतिशतसम्म मात्र व्यवस्थापन गरेर पुनः खोलिएका छन् । आतिथ्य स्थलहरूको लागि संरक्षक क्यापहरूभित्र अधिकतम २५ व्यक्तिसम्म बस्न मिल्ने बनाइएको छ । त्यसैगरी घरपरिवारमा १० जना पाहुना आवतजावतलाई अनुमति दिइएको छ । त्यसैगरी ३० जनासम्म मानिसहरू घर बाहिर भेला हुन सक्नेछन् । व्यामशाला र अन्य क्लबहरू सञ्चालनका निम्ति अनुमति प्रदान गरिएको छ ।

सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले ५० वर्षभन्दा माथिका ८५.२ प्रतिशत र ७० वर्षभन्दा माथिका करिब ९० प्रतिशतलाई कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाइएको जानकारी दिनुभएको छ ।

उहाँले घरमा निको हुने कोभिड–१९ बिरामीहरूलाई सहयोग गर्न प्राथमिक हेरचाह नेटवर्कका लागि १८ करोड अष्ट्रेलियाली डलर ९१३५.४ मिलियन अमेरिकी डलर कोषको घोषणा गर्नुभएको छ ।