अन्तर्राष्ट्रिय |

भारतमा कोभिड-१९ का १४ हजा ३१३ नयाँ बिरामी थपिए

नयाँदिल्ली, कात्तिक १३ गते । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार बढेर तीन करोड ४२ लाख ६० हजार ४७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४ हजा ३१३ नयाँ बिरामी थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ।

यसबाहेक शुक्रबार बिहानसम्म कोभिड सङ्क्रमणबाट थप ५४९ जनाको मृत्यु भएको छ । यो सङ्गै मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार ७४० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणबाट मृत्यु हुनेमा अधिकांश दक्षिणी राज्य केरलाका छन् । हाल देशमा एक लाख ६१ हजार ५५५ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा भने १३ हजार ५४३ नयाँ निको भएका छन् । यो सङ्गै निको हुनेको सङ्ख्या तीन करोड ३६ लाख ४१ हजार १७५ पुगेको छ ।