अन्तर्राष्ट्रिय |

सुडानका लागि राष्ट्रसंघीय प्रतिनिधिद्वारा अपदस्थ प्रधानमन्त्री हमडोकसँग छलफल

खार्तुम, कात्तिक १४ गते । सुडानका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि भोल्कर पर्थेसले अपदस्थ सुडानका प्रधानमन्त्री अब्दल्ला हमडोकसँग देशको अवस्थाबारे छलफल गर्न भेट गरेका छन् । ‘पर्थेसले ट्वीटमा लेखेका छन्, ‘भर्खरै हामडोकलाई उहाँको निवासमा भेटेँ जहाँ उहाँ ठीक हुनुहुन्छ तर घरमा नजरबन्दमा हुनुहुन्छ । हामीले मध्यस्थताका विकल्पहरू र सुडानका लागि अगाडि बढ्ने बाटोका बारेमा छलफल गर्यौं ।’

यसैगरी संयुक्त राष्ट्रसंघका अधिकारीले देशका अन्य ‘सरोकारवालाहरू सँग छलफल जारी राख्ने बताएका छन्। सोमबार सुडानी सेनाले हामडोक र सरकारका अन्य धेरै सदस्यहरूलाई हिरासतमा लिएको थियो। सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का प्रमुख अब्देल फताह अल(बुर्हानले आपतकालको घोषणा गर्दै सरकार भङ्ग गरेका छन्। मंगलबार हाम्डोक र उनकी श्रीमती घर फर्किएको खबर आएको थियो ।