रुसको सुरक्षा परिषद्का उपाध्यक्षद्वारा खाद्य सङ्कटको चेतावनी
मस्को, कात्तिक १५ गते । रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले विश्वव्यापी खाद्य सङ्कटको चेतावनी दिँदै विश्व अर्थतन्त्रमा मन्दीलाई जित्नको लागि कसैले पनि सही भविष्यवाणी गर्न नसक्ने बताउनुभएको छ ।
‘यो स्पष्ट छ कि विश्व खाद्य सङ्कट आउँदैछ। खाद्यान्नको मूल्य जताततै बढिरहेको छ, खाद्य मुद्रास्फीति तीव्र गतिमा छ,’ मेदवेदेवले रोसीस्काया द्वारा प्रकाशित लेखमा उल्लेख गर्नुभएको छ ।
उहाँले विश्व अर्थतन्त्र सन् २००८/२००९ को आर्थिक सङ्कटको तुलनामा निकै गम्भीर मन्दीबाट गुज्रिरहेको कुरामा जोड दिनुभएको छ । विदेशी व्यापारको पुनः शुरु हुने दरमा धेरै कुरा निर्भर हुनेछ, विशेष गरी सेवाहरूको निर्यात-आयातको सन्दर्भमा त्यसैले अब कसैले पनि सही पूर्वानुमान नसक्ने मेदवेदेवको टिप्पणी छ ।
रुसी सुरक्षा परिषद्का उपाध्यक्षले खोप र नयाँ भाइरसको उदय जस्ता गैर-आर्थिक कारकहरूले हाल विश्वको आर्थिक अवस्थालाई असर गरिरहेको पनि उल्लेख गर्नुभएको छ।