अन्तर्राष्ट्रिय |

संयुक्त राष्ट्र प्रमुखद्वारा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

संयुक्त राष्ट्र संघ, कात्तिक १९ गते । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार मध्य अफ्रिकी गणतन्त्र (सीएआर) को राष्ट्रपति गार्डका सदस्यहरूले गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ । उक्त घटनामा १० जना शान्ति सैनिक घाइते भएका छन् ।

उहाँका प्रवक्ता स्टेफेन डुजारिकलाई श्रेय दिएर एक विज्ञप्ति मार्फत, संयुक्त राष्ट्र प्रमुखले ‘संयुक्त राष्ट्र शान्ति सैनिकहरूमाथिको आक्रमणलाई युद्ध अपराध हुनसक्ने तर्फ इङ्गीत गर्नुभएको छ । उहाँले मध्य अफ्रिकी अधिकारीहरूलाई यस अस्वीकार्य आक्रमणका दोषीहरूलाई छानबिन गर्न र तुरुन्तै जवाफदेही बनाउन कुनै कसर बाँकी नराख्न आग्रह गरेका समेत गर्नुभएको छ ।’

महासचिवले घाइते शान्ति सेना र नागरिकहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दै मध्य अफ्रिकी गणतन्त्रमा शान्ति र स्थिरताको लागि इजिप्टका जनता र सरकारको योगदानका लाग कृतज्ञता व्यक्त गर्नुभएको छ ।

महासचि गुटेरेसले घटनामा मारिएका मध्य अफ्रिकी नागरिकका शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। महासचिवले मध्य अफ्रिकी गणतन्त्रलाई संयुक्त राष्ट्र संघको ऐक्यबद्धता र निरन्तरको समर्थनलाई पुनः पुष्टि गर्नुभएको छ ।

राष्ट्रपति गार्डले सोमबार बान्गुईमा मिनुस्का भनेर चिनिने मिसनका शान्ति सैनिकहरूलाई गोली हानेका थिए। इजिप्टका प्रहरी अधिकारीहरू अघिल्लो दिन बान्गुईको विमानस्थलमा अवतरण गरेका थिए ।