अन्तर्राष्ट्रिय |

मलेसियाका प्रधानमन्त्री इन्डोनेसिया जाने

क्वालालम्पुर, कात्तिक २३ गते । मलेसियाका प्रधानमन्त्री स्माइल साब्री याकोबले इन्डोनेसियाको भ्रमण गर्नुहुने भएको छ । मलेसियाको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मङ्गलवार र बुधबार उहाँले इन्डोनेसियाको भ्रमण गर्नुहुने भएको हो । गत अगस्टमा प्रधानमन्त्रीको जिम्मेबारी सम्हालेपछि उहाँको यो पहिलो छिमेकी देशको भ्रमण भएको अधिकारीहरुले जनाएका छन् ।

भ्रमणका क्रममा उहाँले इन्डोनेसियाका प्रधानमन्त्री जोको विडोडो भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसैगरी उहाँले मन्त्रीपरिषद्का अन्य सदस्यहरुलाई पनि भेट्नुहुने भएको छ । “उहाँको यस भ्रमणले नेताहरुलाई सहकार्य र समझदारीका साथ अगाडि बढ्न सहयोग पुग्ने विश्वास लिइएको छ,” विदेश मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

कोरोनाभाइरसको महामारीले पारेको प्रभाव र त्यसका लागि एक आपसलाई गर्न सकिने सहयोगका बारेमा पनि उहाँहरुका बीचमा छलफल हुने मन्त्रालयले जनाएको छ । उहाँले मलेसियाका जनप्रतिनिधि, मलेसियाबाट इन्डोनेसियामा गएका आप्रवासी, उद्यमी व्यवसायी लगायतसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अधिकारीहरुले जनाएका छन् ।