अन्तर्राष्ट्रिय |

सि र बाइडेनबीच वार्ता हुँदै

बेइजिङ, कात्तिक २७ गते । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ । उहाँहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान सो वार्ता हुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिनुभएको हो । उहाँका अनुसार दुई देशका राष्ट्रतिबीच बिहान भिडियो वार्ता हुनेछ ।

उहाँहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गर्नुभएको भएको प्रवक्ता हुवा चुनियाङले जानकारी दिनुभएको छ ।