अन्तर्राष्ट्रिय |

भेनेजुएलाद्वारा इयु प्रतिबन्धको निन्दा

काराकस, मङ्सिर ३ गते । भेनेजुएलाका विदेश मामिलामन्त्री फेलिक्स प्लासेन्सियाले बिहीबार युरोपेली सङ्घ (ईयू) को परिषदद्वारा दक्षिण अमेरिकी देशका अधिकारीहरू विरुद्ध अर्को एक वर्षको लागि प्रतिबन्ध नवीकरण गर्ने निर्णयको निन्दा गर्नुभएको छ ।

“हामी हाम्रा जनता विरुद्धको नयाँ आक्रमणको कडा निन्दा गर्दछौं र हामी यो अपमानजनक नवीकरणलाई शत्रुताको कार्य मान्दछौं,“ प्लासेन्सियाले ट्विटरमा लेख्नुभएको छ ।

प्लासेन्सियाका अनुसार यो कदम नोभेम्बर २१ मा हुने क्षेत्रीय र स्थानीय चुनावको नेतृत्वमा सत्तारुढ समाजवादी पार्टीलाई कमजोर पार्ने उद्देश्यले गरिएको हो । काउन्सिलको उद्देश्य “आउँदो आइतबार लोकतान्त्रिक उत्सव टारपेडो“ जस्तो देखिन्छ । प्रतिबन्धले वर्तमान उपराष्ट्रपति डेल्सी रोड्रिग्वेज, सैन्य नेता र प्रतिनिधिसहित ५५ जना भेनेजुएला अधिकारीलाई लक्षित गरेको छ ।