अन्तर्राष्ट्रिय |

नयाँ कोभिड–१९ स्ट्रेन ‘ओमिक्रोन’लाई चिन्ताजनक : विश्व स्वास्थ्य संगठन

जेनेभा, मङ्सिर ११ गते । विश्व स्वास्थ्य संगठनले शुक्रबार दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ संस्करण वर्गीकृत भएपछि खतराको घण्टी बजाएको स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपीएच) ले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ कोभिड–१९ संस्करण B.1.1.529 लाई ओमिक्रोन 'Omicron' नाम दिएको छ । 'कोरोनाभाइरस B.1.1.529को भर्खरै पत्ता लागेको भेरियन्ट चिन्ताको विषय हो । यसमा अन्य डरलाग्दो भेरियन्टहरूको बारेमा विज्ञानले थाहा पाएको भन्दा धेरै उत्परिवर्तन छन् ।

वि.स्वा. संले यो नयाँ संस्करणलाई अत्यन्तै चिन्ताजनक रूपमा लिदै उक्त टिप्पणी गरेको छ ।' हाल प्रयुक्त कोरोनाभाइरस खोपहरू नयाँ कोभिड–१९ संस्करणविरूद्ध कम प्रभावकारी हुन सक्ने पनि जनाइएको छ । नयाँ भेरियन्ट ‘डेल्टा’ स्ट्रेनभन्दा पनि बढी सङ्क्रामक हुन सक्ने प्रक्षेपण गरिएको छ ।

यो भेरियन्टलाई वैज्ञानिकहरूले B.1.1.529 को रूपमा चित्रण गरेका छन्।

डब्ल्यूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले बैठकपछि प्रारम्भिक विश्लेषणले यस संस्करणमा ठूलो संख्यामा उत्परिवर्तन आएका छन् जसबारे थप अध्ययन गरिनेछ।