अन्तर्राष्ट्रिय |

जापानमा भूकम्प

जापान, मङ्सिर २३ गते । जापानको कागोशिमा प्रान्तमा बिहीबार ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ११ः५ बजे भूकम्प गएको थियो ।

यसको केन्द्रविन्दु २९.४ डिग्री उत्तर अक्षांश र २० किलोमिटर गहिराईमा १२९.४ डिग्री पूर्व देशान्तरमा रहेको थियो । यस शक्तिशाली भूकम्पपछि अहिलेसम्म सुनामीको चेतावनी भने जारी गरिएको छैन ।