अन्तर्राष्ट्रिय |

ब्राजिलमा अविरल वर्षा र बाढीका कारण १० को मृत्यु, २० हजार विस्थापित


रियो डि जेनेरियो, मङ्सिर २८ गते । ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले ब्राजिलमा गएको छ दिनदेखिको बाढीका कारण कम्तीमा पनि १० जनाको ज्यान गएको र अरु केही व्यक्ति हराएको बताएका छन् ।

प्राप्त समाचारअनुसार यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ । यसबाट कम्तीमा पनि ५१ वटा सहरमा इमर्जेन्सी पनि घोषणा गरिएको छ । यहाँका केही सहरी र अधिकांश ग्रामीणक्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ ।

धेरै स्थानमा सैनिक हेलिकोप्टरले उद्धार गरिरहेका छन् । केही सहायता सामग्री पनि हेलिकोप्टरहरुले पु¥याइरहेका बताइएको छ ।यहाँका मौसमविद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको बताएका छन् ।