लेबनानलाई संयुक्त राष्ट्रसंघको सहयोग
संयुक्त राष्ट्रसंघ, पुस ३ गते । संयुक्त राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाको अवस्थाको सुधार गर्नका लागि सहयोग गर्ने बताएको छ । यहाँका महिला र बालबालिकाको अवस्था कमजोर रहेको भन्दै सो सहयोग गर्ने भएको हो ।लेबनानका राष्ट्रपतिको कार्यालयले संयुक्त राष्ट्रसंघले सो सहयोग गर्न लागेको कुरा शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।
बालबालिकाविरुद्धको हिंसाको अन्त्य गर्ने सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि नाजात माला मिजीदले संयुक्त राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाका लागि सहयोग गर्न लागेको कुराको जानकारी दिनुभएको हो ।उहाँले भन्नुभएको छ–यहाँका महिला र बालबालिकाको अवस्थाको विकास गरी उनीहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि संयुक्त राष्ट्रसंघले यो सहयोग गर्न लागेको हो ।
उहाँले लेबनानमा पनि कोभिड १९ को महामारीका कारण यहाँका महिला र बालबालिकामा असर गरेकाले त्यसका लागि सहयोग गरिने बताउनुभयो ।