अन्तर्राष्ट्रिय |

ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडीलाई कोरोना पोजेटिभ

दार ए सलाम, पुस ५ गते । ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ । यहाँको २० वर्षमुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडी र पाँच जना कर्मचारी गरी १६ जना कोरोना भाइरस पोजिेटिभ भएका बताइएको छ ।

यहाँका फुटबल अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार ती खेलाडी अहिले खेलका लागि बुरुन्डी पुगेका थिए ।

उनीहरु बुरुन्डीमै कोरोना पोजेटिभ भएका समाचरमा जनाइएको छ । उनीहरु विश्वकपका लागि क्वालिफाइङ खेल खेल्न त्यहाँ पुगेका बेला पेजेटिभ भएका समाचारमा जनाइएको छ ।उनीहरु बुरुन्डीसँग खेल खेल्नका लागि तयारी गरिरेहका थिए । त्यसै क्रममा पीसीआर परीक्षण गरिएको र त्यसमा उनीहरु पोजेटिभ देखिएपछि उनीहरुले खेल्न नपाएको बताइएको छ ।