अन्तर्राष्ट्रिय | फोटो फिचर |

२१ तस्बिरमा २०२१ लाई फर्केर हेर्दा

काठमाडौं ,पुस १६ गते । शुक्रबार सन् २०२१ को अन्तिम दिन हो । मध्यरात १२ बजे विश्वभर नयाँ वर्ष सन् २०२२ को स्वागत हुँदैछ । पछिल्लो वर्ष विभिन्न कारणले चर्चामा रहयो । विश्व नै प्रभावित भएको कोरोना महामारीको सामना मात्र नगरी यसविरुद्धको खोपको विकास भयो । मानव जीवनमा आइपर्ने ठूलठूला संकट जस्तै कोरोना महामारीलाई विश्वका सञ्चामाध्यमले प्राथमिकता दिए । कोरोना महामारीको असर मात्र नभएर यो वर्ष विश्वका राजनीतिक घटनाक्रम कम चर्चित भएनन् । युद्ध, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिको सामना गर्दै २०२१ बिदा भएको छ । आइसल्याण्डको ज्वालामुखीदेखि अफगानिस्तान तालिवानको नियन्त्रणलाई तस्बिरमा समेटिएको छ ।