अन्तर्राष्ट्रिय |

जीप दुर्घटनामा चालक र सहचालकको मृत्यु

अर्जुन काफ्ले
स्याङ्जा, माघ २२ गते । बिरुवा गाउँपालिकामा ३ धोबादीमा बोलेरो जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

यहाँ ग१झ ५९३९ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा बिरुवा ३ कै जीप चालक २७ वर्षीय बेल बहादुर थापा र सहचालक २० वर्षीय भेषबहादुर थापाको मृत्यु भएको हो । बिरुवा बजारमा सुत्केरी छाडेर धोबादी फर्कने क्रममा मोडबाट तल झरेको हो ।

धोवादी खालीमा बोलेरो जीप सडकबाट करिब १२० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

बिहान खरबारीमा घास काट्न जाने मानिसले देखेपछि प्रहरीलाई खबर गरेको अधिकारीले बताउनुभयो ।

घटना कतिबेला घटेको हो खुल्न नसकेको र घटनाको थप अनुसन्धान अगाडी बढाएको अधिकारीले बताउनुभयो ।