अन्तर्राष्ट्रिय |

भारतमा ६.१ म्याग्निच्युडको भूकम्प

न्युयोर्क, माघ २२ गते । भारतमा ६.१ म्याग्निच्युडको भूकम्प आएको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्रबिन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।

स्थानीय समय अनुसार शुक्रबार राती भूकम्प आएको हो । भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन् ।