सङ्क्रमण दर उच्च रहे पनि दक्षिण कोरियाले कोभिड नियन्त्रणका उपायलाई खुकुलो पार्ने
सियोल, फागुन ७ गते । सङ्क्रमण फैलिन नदिन भनी एसियाली यस मुलुकले लिएका कडा क्वारेन्टाइन बस्नुपर्ने प्रावधानले साना व्यापारीहरूको व्यवसायलाई धराशायी बनाएको भन्दै राहतका लागि यो कदम चालिएको दक्षिण कोरियाली जनस्वास्थ्य तथा सामाजिककल्याण मन्त्रालयले जनाएको छ ।
दक्षिण कोरियाले कोभिड–१९ महामारीविरुद्ध सामाजिक दूरीसम्बन्धी नियमहरूलाई करिब तीन हप्तासम्मका लागि कम गर्ने निर्णय गरेको हो ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ओमिक्रोन भेरिएन्ट द्रुतगतिमा फैलिएको भएपनि यो दिशानिर्देश मार्च १३ सम्म अर्थात् तीन हप्ता कायम रहनेछ । सुरूका दिनमा अन्य देशको तुलनामा कोभिड सङ्क्रमण दरलाई नियन्त्रण गर्न सफल दक्षिण कोरियामा कोभिडको ओमिक्रोन सङ्क्रमणले स्वास्थ्य क्षेत्रलाई विशेष चुनौती सिर्जना गरेको छ ।
तुलनात्मक रुपमा कम मृत्यु र अस्पतालमा भर्ना भएका समय पनि नौ हप्ताका लागि कडा सामाजिक दूरीसम्बन्धी गत नौ हप्ताका लागि गरिएको दिशानिर्देशले साना व्यवसाय र लगानीकर्तालाई आर्थिक दबाव परेको मन्त्रालयले बताएको छ ।
नयाँ निर्देशिकाअनुसार निजी जमघटका लागि अनुमति लिएका व्यक्तिको अधिकतम सङ्ख्या देशव्यापी रूपमा छ जनाको रहेको छ । तर व्यवसायीक घन्टे कर्फ्यु भने एक घण्टा लम्बिने छ । रेस्टुरेन्ट, क्याफे, भित्री खेलकुद भवन र कराओकेका साथै रात्रिकालीन मनोरञ्जनका साथै बार र रात्रिकालीन मनोरञ्जन सुविधाहरू स्थानीय समयको १० बजेसम्म खोल्न अनुमति दिइनेछ ।
शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्क अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा एक लाख दुई हजार २११ जनामा कोभिड पुष्टि भएको छ । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा करिब नौ हजारले कमी हो ।
यससँगै अहिलेसम्म कोभिड सङ्क्रमितको कुल सङ्ख्या १८ लाख ५८ हजारभन्दा बढी पुगेको छ ।
गम्भीर अवस्थामा रहेका सङ्क्रमितहरूको सङ्ख्या करिब ४०० छ ।