अन्तर्राष्ट्रिय |

पूर्वी चीनमा विद्युतीय ट्राइसाइकल खाल्डोमा खस्दा छ जनाको मृत्यु


हेफेई, फागुन ८ गते । पूर्वी चीनको आन्हुइ प्रान्तको बोझाउ शहरको छियाओचेङ जिल्लाको लिडे टाउनको एउटा गाउँमा आइतबार एक विद्युतीय ट्राइसाइकल खाल्डोमा खस्दा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रदेश आपतकालीन व्यवस्थापन विभागले जनाएको छ ।