भारतमा थप १५ हजार नयाँ सङ्क्रमित
नयाँदिल्ली, फागुन ११ गते । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको सङ्घीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड २८ लाख ६७ हजार ३१ पुगेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ६४ हजार ५२२ रहेको छ ।
पछिल्लो एक दिनमा ३१ हजार ३७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल चार करोड २१ लाख ८९ हजार ८८७ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म पाँच लाख १२ हजार ६२२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।