डोनबास क्षेत्रमा विशेष सैनिक अभियान थाल्ने रूसकाे घोषणा
काठमाडौं, फागुन १२ गते । रूसी राष्ट्रपति भ्लाडिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा विशेष सैनिक अभियान शुरु गर्ने घोषणा गर्नुभएको छ ।
एक टेलिभिजन सम्बोधनमा उहाँले युक्रेनी विद्रोहीविरुद्ध प्रत्याक्रमणमा लागेका युक्रेनी सेनालाई हतियार छोडेर घर फिर्ता हुन आह्वान गर्नुभएको समाचार बीबीसीले उल्लेख गरेको हो ।
युक्रेनलाई रूसमा गाभ्ने कुनै योजना नभएको बताउँदै राष्ट्रपति पुटिनले मस्कोको आह्वानलाई कसैले बेवास्ता नगर्न चेतावनी दिनुभयाे ।
यसअघि युक्रेन र उसको पश्चिमी गठबन्धनले रूसले युक्रेनलाई गाभ्न खोजेको आरोप लगाएका थिए ।
यस्तै, सीएनएनका अनुसार युक्रेनी विद्रोहीकाे कब्जामा रहेकाे डोनबास क्षेत्र जाेगाउन रूसी सेना त्यहाँ उपस्थित भएका हुन् ।