अन्तर्राष्ट्रिय |

युक्रेनको दोस्राे ठूलो शहर खार्किभमा रुसी सेनाकाे प्रवेश

काठमाडौं, फागुन १५ गते । युक्रेनको दोस्राे ठूलो शहर खार्किभमा रुसी सेना चार दिनपछि प्रवेश गरेका छन् । रुसी सीमाबाट ३० किलोमिटर मात्र टाढा रहेको खार्किभमा ठूलो सङ्ख्यामा रुसी सेना प्रवेश गरेको बीबीसीले जनाएको हो ।

सो शहरमा करिब १५ लाख जनसङ्ख्या छ । याे शहर रुसी शहर बेल्गोरोडबाट ८० किलोमिटरको दूरीमा छ । रुसी सेना सहरको मुख्य भागमा प्रवेश हुन नदिनका लागि युक्रेनी सेनाले प्रतिरोध गरिरहेको छ ।

यसैबीच, युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्नीकोभले संसारमा अविश्सास गरेपछि हामी रुसी हस्तक्षेपविरुद्ध ७२ घण्टादेखि सामना गरिरहेका छौँ भनेर ट्वीट गर्नुहुर्नुभएको छ ।