अन्तर्राष्ट्रिय |

खार्किभमा अत्यधिक मात्रामा प्यारासुटबाट रुसी सेना प्रवेश

काठमाडौं, फागुन १८ गते । युक्रेनको दोश्रो ठूलो शहर खार्किभमा अध्याधिक मात्रामा प्यारासुटबाट रुसी सेना प्रवेश गरेको छ ।
खार्किभलाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राख्ने ती सेना प्यारासुटबाट प्रवेश गरेको हो ।

युक्रेन–रुस युद्धको सातौं दिन रुसले प्यारासुटको माध्यमबाट खार्किभमा प्रवेश गरेको युक्रेनी सेनाले दाबी गरेको छ । यस्तै, रुसी रक्षा मन्त्रालयले युक्रेनको दक्षिणी शहर खेरसनलाई रुसी सेनाले कब्जा गरेको दाबी गरेको छ ।

बीबीसीका अनुसार आक्रमण गरेको सातौं दिनमा अहिलेसम्म रुसी सेनाले पहिलो पटक खेरसनलाई कब्जा गरेको हो ।
खेरसन नगरका प्रमुखले रेल स्टेशन र बन्दरगाहलाई रुसी सेनाले कब्जा गरेको पुष्टि गर्नुभएको छ । तर युक्रेनी अधिकारीका अनुसार रुसी सेनाले खेरसनलाई कब्जा गर्न चारैतिरबाट घेराबन्दी गरेको छ ।

–रूसी सेनाले कब्जा गरेकाे युक्रेनी भू–भागहरू

यता, राजधानी किभलाई उत्तरी युक्रेनबाट हिजो छिरेको ट्ंयाक, बख्तरबन्द, बन्दोबस्तीका सामानसहित पुगेको ६५ किलोमिटर लामो रुसी पल्टन युक्रेनी प्रतिरोधका कारण बिस्तारै अगाडि बढेको बताइएको छ ।