अन्तर्राष्ट्रिय |

दुईहजार ३७ वटा युक्रेनी भौतिक संरचना ध्वस्त

काठमाडौं, फागुन २२ गते । रुसी सेनाले दुईहजार ३७ वटा युक्रेनी भौतिक संरचनालाई ध्वस्त पारेको बताएको छ ।

रुसले छिमेकी देशमाथि एकतर्फी हमला गरेको दशौं दिनसम्म सो सङ्ख्यामा भौतिक संरचना ध्वस्त भएको रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले दाबी गर्नुभएको हो ।

उहाँका अनुसार ७१ कमाण्ड पोष्ट र सञ्चार केन्द्र, ९८ एन्टिएयरक्राप्ट मिसाइल प्रणाली र ६१ वटा राडार केन्द्र छन् ।

यस्तै, जमिनमा ६६ वटा विमान, आकाशमा १६ वटा विमान, ७०८ वटा ट्यांक, ७४ अध्याधुनिक रकेट रञ्चर, २६१ वटा तोप र मोर्टार, ५०५ वटा विशेष सैनिक गाडी र ५६ वटा सैन्य ड्रोनलाई रुसी सेनाले नष्ट गरेको सिन्ह्वा समाचार समितिले उल्लेख गरेको छ ।

ध्वस्त भएकाे ट्यांक