अन्तर्राष्ट्रिय |

पोल्याण्डमा दश लाखभन्दा बढी युक्रेनी शरणार्थी पुगे

काठमाडौं, फागुन २३ गते । रुस–युक्रेन द्वन्द्वको कारण छिमेकी देश पोल्याण्डमा दश लाखभन्दा बढी शरणार्थीले आश्रय लिनपुगेका छन् ।

आइतबार मात्र एकलाख ४२ हजार शरणार्थीले पोल्याण्ड प्रवेश गरेको पोलिस सीमा गार्डले बताएका छन् ।

आज सोमबार बिहान ७ बजे पोलिस युक्रेनी सीमामा ४२ हजार शरणार्थी पुगेको कुरा गार्डले ट्वीटरमा जानकारी दिएको अलजजिराले जनाएको छ ।

यस्तै  पाेल्याण्डसहित विभिन्न छिमेकी देशमा १५ लाख शरणार्थी युक्रेनबाट पुगेका छन् ।