युक्रेन पठाइएका हातहतियार सप्लाइमाथि रुसी सेनाले आक्रमण गर्ने
काठमाडौं, फागुन २९ गते । अमेरिकी गठबन्धनद्वारा युक्रेनलाई पठाइएका हतिहतियारको सप्लाइमाथि रुसी सेनाले आक्रमण गर्ने बताएको छ ।
पश्चिमी शक्ति राष्ट्रहरुले रुसले युक्रेनमाथि हमला गरेको १८ औं दिन पुग्दा यसअघि युक्रेनसँग नरहेका अत्याधुनिक हतियार युक्रेनी सेनासँग देखिएपछि रुसले औपचारिक रुपमा ती हतियारको सप्लाईमाथि निसाना साध्ने बताएको हो ।
‘युक्रेनलाई अत्याधुनिक हतियार दिनु भनेको खतरनाक संकेतमात्र होइन, रुसी फौजले ती सप्लाईमाथि वैधानिक तरिकाले आक्रमण गर्नसक्छ भनेर अमेरिका र पश्चिमी देशहरुलाई चेतावनी पनि दिन्छु,’ रुसी सहायक विदेशमन्त्री सर्गइ राय्कोभले रुसी टेलिभिजनलाई प्रतिक्रिया दिनुभयो ।
सजिल्यै मानिसले बोक्न सक्ने एन्टी ट्ंयाक मिसाइल प्रविधि र एन्टी एयर डिफेन्स प्रविधिलगायतका अत्याधुनिक हतियार र प्रविधि कुनै सोचविना युक्रेनलाई हस्तान्तरण गरिएकाले त्यसको नतिजा नराम्रो हुने उहाँले चेतावनी दिनुभएको अलजजिराले उल्लेख गरेको छ ।
उहाँले मस्को चेतावनीलाई अमेरिकाले गम्भीरतापूर्वक नलिएको आरोप लगाउनुहुँदै रुस र अमेरिकाबीच युक्रेनसम्बन्धी कुनै पनि कुटनीतिक वार्ता नभएको बताउनुभयो ।