करिब २० हजार गैरसैनिक नागरिक मेरिपोल शहरबाट बाहिरिए
काठमाडौं, चैत २ गते । करिब २० हजार गैरसैनिक नागरिक मेरिपोल शहरबाट कार प्रयोग गरी बाहिर निस्केका छन् ।
गृह मन्त्रालयका सल्लाहकार भाद्यम डेन्सेन्कोका अनुसार करिब २० हजार गैरसैनिक नागरिक मेरिपोल शहरबाट कार प्रयोग गरी बाहिर निस्केका हुन् ।
करिब दुई हप्तादेखि दक्षिणपूर्वी बन्दरगाह शहर मेरिपोलमाथि रुसी फौजले घेराबन्दीमा परेर भीषण गोलाबारी गरेको अलजजिराले उल्लेख गरेको छ ।
त्यहाँ पानी, विद्युत र ताप विना नगरबासीले कष्टकर जीवनयापन गर्दै आएका छन् ।
एकहप्ता अघि करिब दुई लाख मेरिपोलका नागरिकलाई मानवीय कोरिडोरबाट बाहिर निस्कन अनुमति दिनुपर्ने बताइएको थियो ।