करिब ३० लाख शरणार्थीले युक्रेन छाडे
काठमाडौं, चैत २ गते । रुसी फौजले युक्रेनमाथि आक्रमण गरेपछि २० दिनमा करिब ३० लाख शरणार्थीले देश छोडेको बताइएको छ ।
सबैभन्दा धेरै पोल्याण्डमा १८ लाखभन्दा युक्रेनी शरणार्थी पुगेका छन् । यस्तै, रोमानियामा साढे चारलाख, मोल्डोभामा तीनलाख भन्दी बढी, हङ्गेरीमा पौने तीन लाख, स्लोभाकियामा सवा दुई लाख शरणार्थी पुगेको अलजजिराले उल्लेख गरेको छ ।
उता, युक्रेनमाथि हमला गरेको देश रुसमा करिब डेढ लाख र बेलारुसमा १४ सयजति शरणार्थी पुगेको संयुक्त राष्ट्र सङ्घको युनएचसीआरले जनाएको हो ।