अन्तर्राष्ट्रिय |

रुसी नौसेनाका वरिष्ठ कमाण्डर युक्रेनमा मारिए

मस्को, चैत ७ गते । रुसको ब्ल्याक सी फ्लिटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् ।

पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लिटका डेपुटी कमाण्डर पोस्ट-क्याप्टेन आन्द्रेई पालीको मृत्यु भएको हो । मिखाइल रजभोजायेभले मेसेजिङ एप टेलिग्राममा सो कुरा उल्लेख गरेका छन् । सेभास्टोपोल रूसको ब्ल्याक सी फ्लिटको आधार हो ।