मुख्य समाचार |

प्रधानमन्त्री ओलीसँग भारतका विदेश सचिवद्वारा शिष्टाचार भेट

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर ११ गते । भारतका विदेश सचिव हर्षवर्धन शृङ्लले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार  सूर्य थापाले बताउनुभयो । उहाँ नेपाल भ्रमणका लागि आज काठमाडाैं आइपुग्नु भएकाे थियाे ।