मुख्य समाचार |

नेपाल–भारत सम्बन्धको जग बलियो


चाँदनी हमाल

काठमाडौँ, मङ्सिर १३ गते । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गलाले नेपाल–भारतको सम्बन्ध दुई देशको सरकारको सम्बन्धभन्दा निकै उच्च रहेको बताउनुभएको छ ।
एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्सले शुक्रबार यहाँ आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै उहाँले विभिन्न रूपमा रहेको सम्बन्ध दुई देशको सरकारभन्दा माथि रहेको बताउनुभएको हो । दुई वर्षअघि नेपाल भ्रमणको स्मरण गर्दै उहाँले भन्नुभयो, “भारतको नेपालसँगको सम्बन्ध पारिवारिक र मैत्रीपूर्ण छ, यो यहाँका जनताको आपसी र गहिरो सम्बन्धको बलियो जगमा उभिएको छ, जुन सम्बन्ध दुई सरकारको सम्बन्धभन्दा धेरै माथि छ ।”
दुई देशको उस्तै भूगोल, सभ्यता, सम्पदा, संस्कृति र प्रथा परम्परा रहेको चर्चा गर्दै उहाँले जसमा जनसम्बन्ध अधिक शक्तिशाली रहेको स्पष्ट पार्नुभयो  । दुवै देशका सरकार भावी पुस्ताप्रति जवाफदेही रहनुपर्ने भन्दै उहाँले दुई देशको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । अबका दिनमा पनि घनिष्ट मित्र र छिमेकीका रूपमा सँगै काम गर्न आवश्यक रहेको औँल्याउँदै हाम्रा युवाको आकाङ्क्षा पूरा गर्न हामीले आवश्यक छ भन्नुभयो ।
“सशक्त र सहकार्यमुखी भारत–नेपाल सम्बन्ध दुई देशका जनताको हितमा छ,” उहाँले भन्नुभयो । छिमेकीलाई प्राथमकिता दिने नीति आफ्नो सरकारको रहेकाले पनि उच्चस्तरीय भ्रमणलाई महìव दिएको उल्लेख गर्दै उहाँले भारतको विकास र आधुनिकीकरणमा प्रतिकात्मक रूपमा नेपालजस्तो छिमेकी मुलुकको विकास र आधुनिकीकरणसँग जोडिएको स्वीकार गर्नुभयो ।

सयभन्दा बढी परियोजना पूरा
भारत र नेपालका जनता नै शक्तिको स्रोत रहेकाले दुवै देशको प्रयास उनीहरूलाई सक्षम बनाउनका लागि रहेको विदेश सचिव श्रृङ्गलाले बताउनुभयो । भारतको सबका साथ, सबका विश्वास र नेपालको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पनि सहकार्य गरेर अघि बढ्नुपर्नेमा लक्षित गर्दै उहाँले आफ्नो धारणा व्यक्त गर्नुभयो ।
उहाँका अनुसार यीबाहेक विकास सहयोग, बलियो कनेक्टिभिटी, विस्तारित पूर्वाधार र आर्थिक परियोजनाको चार खम्बामा दुई देशको सम्बन्ध अडिएको छ । भारतले सधँै आफूलाई नेपालको अग्रणी मित्र र विकास साझेदारका रूपमा देखेको भन्दै उहाँले धेरै पहिले आफूले कनिष्ट अधिकारीका रूपमा नेपालको पहाडी जिल्लामा आयोडिनयुक्त नुन वितरण गरेको स्मरण गर्नुभयो । नेपाली समुदायको आवश्यकता अनुसार लागू भएका एक सयभन्दा बढी परियोजना पूरा भइसकेको जनाउ उहाँले दिनुभयो । नेपालका ७७ जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, संस्कृति संरक्षण कौशल विकास, कृषि परियोजना, युवा प्रशिक्षणजस्ता व्यक्तिको जीवनमा तत्काल सकारात्मक प्रभाव पार्ने काम भएको उहाँले प्रस्ट्याउनुभयो । सीमा नाकाका सम्पर्क विस्तार र पूर्वाधारका परियोजना पनि महìवपूर्ण छन् । भौतिक पूर्वाधारका परियोजनामा राजमार्ग निर्माण, रेल र एयर लिङ्क, अन्तरदेशीय जलमार्गले वस्तु र मानिसको आवागमन बढाउन मद्दत गर्ने छ ।