मुख्य समाचार |

रेग्मी संयुक्त अधिराज्यका लागि राजदूत नियुक्त

गोरखापत्र अनलाइन
काठमाडौं, माघ ५ गते । राष्ट्रिपति विद्यादेवी भण्डारीले पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई संयुक्त अधिराज्य (बेलायत) लागि आवासीय राजदूतमा नियुक्ति गर्नुभएको छ ।
मन्त्रिपरिषद्को शिफारिसमा उहाँलाई राजदूत नियुक्त गरिएको राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ ।