कोरोना सङ्क्रमणबारे छलफल गर्न सीसीएमसीको बैठक
गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १७ गते । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक अहिले सिंहदरबारमा जारी छ । पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढी रहेको वेला बैठकमा सङ्क्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनु पर्ने रणनीतिबारे छलफल भइरहेको बताइएको छ ।