मुख्य समाचार |

संवैधानिक परिषद्को बैठक बालुवाटारमा

गोरखापत्र अनलाइन
कठमाडौं, वैशाख २६ गते । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति लगायतको विषयमा छलफल हुने बताइएकाे छ । परिषद्काे सदस्य विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकाेटाले यस अघि नै उपस्थित नहुने बताए छि बैठक हुने नहुनेमा अन्याैल थियाे । बैठकमा  सर्बाेच्च अदालतका प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर जवरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित हुनुहुन्छ ।