मुख्य समाचार |

नेपाली काँग्रेसको संसदीय दलको बैठक मंगलबार बस्दै, अध्यादेश र बजेटका विषयमा विशेष छलफल हुने

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २१ गते । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक भोलि मंगलबार दिउँसो २ बजे बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा काँग्रेसको संसदीय दलको बैठक आव्हान गरिएको काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुषालले जानकारी दिनुभयाे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भदौ २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आव्हान गरिएको छ । यसअघि काँग्रेसको संसदीय दलको बैठकमा विभिन्न अध्यादेश र बजेटका विषयमा विशेष छलफल हुने सचेतक भुषालले बताउनुभयो ।