मुख्य समाचार |

सर्वाेच्च अदालतमा दशवटा इजलास ताेकियाे

काठमाडौं, कात्तिक २९ गते । सर्वोच्च अदातलका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोमबारका लागि दुई एकल इजलास र आठ संयुक्त इजलास तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले आज पनि सबै खाले मुद्दाको पेशी तोक्नुभएको सर्वोच्चले जनाएको छ ।

सर्वोच्चका अनुसार जबराले आज आफ्नो लागि पनि एकल इजलास तोक्नुभएको छ । सर्वोच्चका अनुसार न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्का, हरिकृष्ण कार्की र टङ्कबहादुर मोक्तान, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ र नहकुल सुवेदी, प्रकारकुमार ढुङ्गाना र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाल, तेजबहादुर केसी र डा. कुमार चुडाल, तेजबहादुर केसी र डा. कुमार चुडालका लागि संयुक्त इजलास तोकिएको छ ।

त्यस्तै प्रधानन्यायाधीश जबराले आफ्नो लागि र न्यायाधीश डा. मनोजकुमार शर्माका लागि एकल इजलास तोक्नुभएको छ । यता प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आज पनि कानुन व्यवसायीहरुले प्रदर्शन गर्नुभएको छ ।