प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान
काठमाडौं, कात्तिक २९ गते । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नेपाल बारका पदाधिकारीलाई वार्ताका लागि आह्वान गर्नुभएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि आव्हान गर्नुभएको हो । विज्ञप्तिमा न्यायपालिकाले जहिले पनि विधिको शासनको पालना गर्ने भएकोले विधिको शासनप्रति दृढतापूर्वक उभिने बताउनुभएको छ ।