मुख्य समाचार | राजनीति |

काँग्रेसको प्रदेश सभा अधिवेशनमा ६० प्रतिशत निर्वाचनबाट नेतृत्व चयन हुँदै

काठमाडौँ, मङ्सिर ४ गते । सत्तारुढ दल नेपाली काँग्रेसको शुक्रबारदेखि सुरु भएको प्रदेश सभा अधिवेशनको प्रक्रिया शनिबार जारी छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मंसिर ३ गते वडा अधिवेशन समेत हुन नसकिरहेको सर्लाहीसहित जारी रहेको ६१ जिल्लाको प्रदेश अधिवेशनमा ६० देखि ६५ प्रतिशत निर्वाचनमार्फत नेतृत्व चयन हुने भएको छ।

यसबाहेकका अन्यमा सर्वसम्मतबाट नेतृत्व चयन हुने र अहिले यसको विवरण आउने प्रक्रिया जारी रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो ।

हालसम्म खोटाङको प्रदेश ‘क’ र ‘ख’ दुवैमा निर्वाचनबाट अधिवेशन भई नतिजा पनि आउने क्रम जारी छ । शुक्रबार प्रदेश अधिवेशनका लागि मनोनयन पत्र मात्र दाखिला भएकोमा छ’, श्रेष्ठले भन्नुभयो, ‘शनिबार निर्वाचन हुँदैछ। करिब ६० देखि ६५ प्रतिशत निर्वाचनबाट भएको छ।’

प्रदेशसभा अधिवेशन सकिएसँगै मंसिर ६ गते एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन र मंसिर १० गते एक बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने कार्यतालिका छ ।

काँग्रेसले मंसिर २४ देखि २६ गतेभित्र १४ औँ केन्द्रीय महाधिवेशन गर्दैछ ।